२८ कार्तिक २०७६
नेपालको कुल जनसंख्याको ३३ प्रतिशत जनता मधुमेह रोगबाट पीडित भएको पत्ता लागेको छ
शरिरमा गुल्कोजको मात्रा बढि हुनु नै मधुमेह हो । विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेहको संक्रमण देखिएको र १६ लाख को मधुमेहका कारण मृत्यु भइसकेको छ ।
यसका लक्षणहरु:
बढि पिसाव लाग्ने,
भोक बढि लाग्ने,
खुट्टा झमझमाउने,
छालामा घाउखटिरा आउने,
घाउ लामो समय सम्म निको नहुने,
पक्षघात समेत हुने
मधुमेह सरुवा रोग नभएको र यसमा टाइप १ र टाइप २ का लक्षणहरु हुन सक्छ । जसले मादकपदार्थ सेवन गर्छ, धुमपान गर्ने, मोटोपन बढि भएको व्यक्तिहरुमा यो रोग धेरै देखिने गरेको छ । सन्तुलित उत्पादन मा घटवढ हुदा यो रोगले खतरनाक रुप लिने र कसैको मृत्यु समेत हुने गरेको छ ।
कसैकसैमा मधुमेह लामो समय सम्म रहिराख्दा आँखा, मुटु तथा मिर्गौला मा असर पर्ने चिकित्सकहरु बताउछन । यसबाट जोगिन वर्षमा एक पटक मधुमेहको अवस्था के छ यसवारे विशेषज्ञ डाक्टर संग चेकजाच गर्नु पर्छ ।