३१ भाद्र २०७६,

मनसुनी न्युन चापीय रेखा औषद भन्दा उत्तरी भेग तिर सरेकाले आगामी ३ देखि ४ दिन सम्म बर्षा हुने जल तथा मौशम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको हो । आज देशै भर भारी बर्षा भैरहेको छ र यो क्रम आगामी केहि दिन सम्म पनि रहने सम्बावाना रहेको हुदा बाढी पूर्वमान महाशाखाले आज र भोली कोसी,बागमती,नारायणी,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत  मकबानपुर   बारा,पर्सा,चितवन,नवलपरासी,रूपन्देही,कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने जनाएको छ । महाशाखाले सबैलाई उच्च सर्तकर्ता अपनाउँन आग्रह गरेको छ । मध्य तथा पुर्वी भु-भागका एक दुइ स्थानमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । आज कन्काई , कोशी , कमला , बागमती , नारायणी , र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने , सप्तकोशी , बाग्मती , नारायणी , तिनाउ , पूर्वी राप्ती र यसका सहायक नदीमा पनि बहाव सर्तकता तह आसपास हुने अनुमान गरेकोछ । आज पश्चिम राप्ती , बबई , कर्णाली ,महाकालीमा बहाव बढ्ने तथा प्राय सबै नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानमान छ । कमला , बाग्मतीका केही साहयक नदीहरुमा , सप्तकोशी लगायतमा बहाव सतर्कता तह आसपाससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर