२५ भाद्र २०७६,
रत्ननगर ।
श्री घेघौली टोल विकास संस्था रत्ननगर १२ मा आज डेंगु नियन्त्रणका लागी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रत्ननगर नगरपालिका वार्ड नम्बर १२ का वडाअध्यक्ष वीर बहादुर पाख्रिनले पछिल्लो समयमा डेंगुको प्रकोप नै चलिरहेको हुदा सचेत हुन सम्पूर्णमा आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै उहाले गर्मि मौशममा लामखुट्टेले अन्य रोग समेत फैलाउन सक्ने हुदा घर वरिपरिको वातावरण सफा हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उन्नति टोल विकाश संस्थाका अध्यक्ष सुर्यकान्त मिश्र, सरसफाई अभियान्ता ज्ञानेन्द्रराज पाण्डे, उन्नति टोलका पुर्व अध्यक्ष गोमा भण्डारी लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण र. न. पा.का स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल न्यौपानेले गर्नुभएको थियो । संस्थाका सचिव मेघनाथ सुवेदीले संचालन गर्नुभएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर