१९ भाद्र २०७६,
चित्रवन अनलाईन डेस्क ।
केहि बर्ष अघि हस्त लिखित राहदानी नेपालमा प्रचलनमा थियो । हस्त लिखित राहदानी लाई विस्तापित गर्दै मेसिन रिडेवल राहदानी एम आर पी प्रचलनमा आएको थियो तर प्रविधिको तिब्र बिकाश संगै अब नेपाल सरकारले ई-राहदानीको तयारी थालेको छ । पहिलो चरणका लागी नेपाल सरकारले ५० लाख ई-राहदानी छपाईको लागी प्रक्रिया अगाडी बढेको छ । पासपोर्टभित्रै औंठाछाप, पोटो तथा व्यक्तिगत विवरणसहितको चिप्स राखिने राहदानी महासाखाका निर्देशक एवं सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिनुभएको छ , यद्धपि बिदेशी मुलुकमा भने आँखाको रेटिनाजस्ता जैविक पहिचानसहितको ‘चिप्स’ प्रयोग मा आईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार