नगर प्रमुखले अधिकारविहीन बनाएको उप प्रमुखको गुनासो 

रौतहट ७ असार । १६ नगरपालिका र २ गाउँपालिका सहित १८ स्थानीय तह रहेको रौतहटमा अधिकांश स्थानीय तहमा नगर प्रमुख र उप प्रमुखको बिवाद बढदै गएको छ। हिजो आज धमाधम स्थानीय तहका उप प्रमुखले पत्रकार सम्मेलन गदै आफू अन्यायमा परेको गुनासो गरेका छन।  स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुख बीच विवादले विकाश समेत बाधा रहेको पाइएको छ। शुक्रबार इशनाथ नगरपालिकाकी उप प्रमुख हुसेन आराले पत्रकार सम्मेलन गदै नगर प्रमुख सन्तोष मेहताले एकलौटी ढंगबाट नगरपालिका चलाएको गुनासो गरेकी छिन।  नगर प्रमुखले एकलौटी रुपमा योजना बनाएको र कुनै बैठकमा समेत नवोलाएको उप प्रमुख आराको भनाइ छ। नगर प्रमुख मेहताले आफनो कुराको सुनुवाई नै नगर्ने गरेको उनको आरोप छ। पटक पटक योजनाका किताव माग गर्दा समेत नदिएकाले योजनाका बारेमा थाहा नभएको इशनाथ नगरपालिकाका उप प्रमुख हुसेना आराको भनाई छ। नगरका योजनाका बारेमा प्रष्ट रुपमा थाहा दिनुपर्ने र नगरका हरेक बैठकमा समेत उपप्रमुखलाई सहभागी गराउनु पर्ने उनीको भनाई छ। योजना पारदर्शी नगरेमा नगरपरिषदमा सहभागी नहुने बताइन। नगर प्रमुख र प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितता भएको हुन सक्ने उनीको आरोप छ। यसैगरी कटहरिया नगरपालिकाकी उप प्रमुख नुरजहा खातुनले पनि नगर प्रमुखले आफूलाई अधिकारविहीन बनाएको बताएकी छिन।  नगर प्रमुख सियाराम कुशवाहाले आफूलाई अधिकारविहीन बनाएको नगर उप प्रमुख खातुनले बताइन। उनीले कानुन बिपरित काम गरेको कारण आफूले उच्च अदालत बीरगंजमा मुद्दा दर्ता गरेको समेत उनीले जानकारी दिइन। त्यस्तै राजदेबी नगरपालिकाकी उप प्रमुख अशु सिंहले पनि नगर प्रमुख धीरेन्द्रकुमार सिंहले एकलौटी रुपमा काम गरेको आरोप लगाएकी छिन।  नगर प्रमुखले उप प्रमुखलाइ अधिकारविहीन बनाएर एकलौटी रुपमा काम गरी अथक भ्रष्टाचार गरेको उप प्रमुख सिहले बताइन। यस्तै गुजरा नगरपालिकाकी उप प्रमुख रोशन खातुनले पनि आफूलाई नगर प्रमुख सन्तलाल चौधरीले अधिकारविहीन बनाएको भन्दै कार्यालय मै तोडफोड गरेकी थिइन। तोडफोड गर्दा नगरपालिकाको एउटा ल्यापटप फुटेको थियो। त्यसको लगतै पत्रकार सम्मेलन गरी आफू अन्यायमा परेको बताएकी थिइन। यस्तै यमुना गाउँपालिकाकी उप प्रमुख सीतादेबी साहले पनि पत्रकार सम्मेलन गर्दै गाउँपालिका प्रमुख श्रीप्रकाश मुखियाबिरुद्ध असन्तुष्ट पोखेकी थिइन। स्थानीय तहका योजना, बजेट तथा अनियमितता लगायतका विषयलाई लिएर दुवैबीच विवाद हुने गरेको पाइएको छ। स्थानीय तहको नगरप्रमुखले एकलौटी रुपमा काम गरेको अधिकांश उपप्रमुखको भनाई छ। रौतहटको गुजरा, कटहरिया, फतुवा बिजयपुर, राजदेवी तथा इशनाथ,गरुडा, यमुनामाई गाउँपालिकालगायतका नगरपालिकामा उप प्रमुखले नगर प्रमुखको बिरुद्धमा पत्रकार सम्मेलन गर्दै आफूहरू अधिकारविहीन बनेको बताउँदै आएका छन। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको अधिकार क्षेत्र स्पष्ट रूपमा तोकिए पनि अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच अधिकारका लागि द्वन्द्व हुने गरेको पाइएको छ। कतिपय स्थानीय तहका प्रमुख र उपप्रमुखबीचको विवादले काममा समेत असर गरेको छ। एउटै राजनीतिक दलबाट निर्वाचित स्थानीय तहमा समेत प्रमुख र उपप्रमुखबीच आन्तरिक द्वन्द्व हुने गरेको छ भने फरक राजनीतिक दलबाट निर्वाचित प्रमुख र उपप्रमुखबीच झनै द्वन्द्व हुने गरेको छ। प्रमुख र उपप्रमुखबीच आवश्यक समन्वय हुँदा स्थानीय तहको काम र नीति निर्माणमा समेत सहजीकरण हुने भए पनि अनावश्यक रुपमा एक अर्काको कामप्रति शंका गर्दा स्थानीय तहको सेवा प्रवाहमा समेत समस्या आएको छ। 
समाचार साभार थाहा खवर वाट

प्रतिक्रिया

सम्बन्धित खवर